साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । असङ्ख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ ।...
शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित–थकित झैँ चकित–चकित झैँ एक्लै–एक्लै मुस्काइरहेको अनुहार हो यो कुनै सुन्दरी नवयुवतीको ।...
सधैं–सधैं मेरो सपनामा असङ्ख्य युवती आमाहरु मेरो अगाडि आउँछन् र बहुलाई झैं ‘अब मेरो दूधको कुनै मूल्य छैन अब मेरो मातृत्वको कुनै अर्थ छैन―’ भन्ने गीत गाउँछन् र मलाई देखाई–देखाईकन...
सारा ढोका र झ्यालहरु लातले खोलेर डाँकाझैं आउँछ हावा कोठाभित्र र एक छिनमै दराजहरु उघारेर, कागतपत्रहरु पल्टाई हेरेर केही नपाउँदा रिसले रन्थनिएर अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ। आकाशको आँखा दुखेको छ...
हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठूलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं पानीका निर्बलिया थोपा जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं , हावाको इशारामा...
जहाँ हिउँ परेको रातमा जून, धरतीलाई भेट्न हिमकणहरुको साथमा मुस्कुराउँदै ओह्रालो झर्छ, र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर झन् बढी मुस्कुराएर आकाशमा फर्कने गर्छ; जहाँ आलुबखडाका हाँगा–हाँगामा फुल्दछन् कुखुराका चल्लाहरु; जहाँ...
अखबारको ‘वान्टेड कालम’ मा म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु, प्रत्येक जुलूस, सभा, भाषण र नयाँ योजनाका फाइलहरुमा पाइला टेक्ने आधार खोजिरहेछु– नयाँ बजेटको ओठमा खोजिरहेछु आश्वाशन रेडियो–घोषणासँग मागिरहेछु सान्त्वनाका...
जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलिजस्ता गल्लीहरुमा हेर्छु एक–दुई दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो बाटोको बीचमा माटो खनेर बसेका देवताहरु यो...
दिनभरि सुकेको बाँसझैं आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर; दिनभरि रोगी मलेवाझैं आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर, घाउहरु कोट्ट्याएर ; दिनभरि सल्लाघारीझैं एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर ; दिनभरि पाते च्याउझैं धरती...
कुनै फाटेर कुनै मुसाले काटेर कुनै छोरा-नाति सँगी-साथीहरुमा बाँडेर एक-एक गरी– फौजका सब पुराना जर्सीहरु सिद्धिए। तर जतनसाथ बचाई राखेको फौजी जीवनका दुइटा प्रिय चिन्ह एउटा पुरानो डिजाइनको ठूलो, गोलो...
साँघुरो घैंटोभित्र माटो जमाएर उमारिएको वटवृक्षझैं मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ र म ओइलाएँ आफ्नो वरिपरि निस्सासिंदो पर्खाल पाएर अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका आफ्ना पाँच नाङ्गा...
भारी ट्रकमुनि थिचिएर मर्यो एउटा कलिलो ठिटो हत्केला खोलेर उसको आयुरेखा लामो थियो लामो थियो मेरा विगतका असफल सपनाहरु जस्तै। (२०१८–रुपरेखा)
मेरो जस्तै ए जून ! झूटो हो तिम्रो हाँसो पनि फरक छैन तिम्रो र मेरो भित्र–भित्र रोएर पनि बाहिरबाट हाँस्ने बानीमा फरक यति मात्र छ हामी दुइटाको कहानीमा कि तिमी...
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगतको देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको घाँटीमा फासीको माला गाँसी...
१. उपत्यका वरिपरिका डाँडा म्यूजिकल चेयरका खेलाडी सङ्गीतमा बाँधिएका हिड्नलाई तयार बाजा बज्ने प्रतीक्षामा उभिहेका २. कतै लुकेर कतै फुकेर एउटा गहिरो डहरबाट एक्कासि निस्केर बगिरहेछ सेती खोला टेप–रिकर्डको फित्ताझैं...
आशीर्वाद जस्तो सिरानीमा उभिएको माछापुच्छ्रे हिमालको छायामा उभिएर म तिमीलाई सलामी दिन्छु तिमीलाई पनि एउटा नँया हिमाल मानेर । अहिले तिमीलाई यो चिठी लेख्न बस्दा मेरो कोठाको मौनता परिणत भएको...
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ,...
मैले पाएँ नीलो निम्ता–पत्र तिम्रा छालहरुको र बादलु कछारलाई क्षितिजमा झुण्ड्याएर— मैले हाम्फालें तिम्रो जलमाथि डुबुल्की मारें तिम्रो गहिराइभित्र आकाशजस्तै सिङ्गै आकाशजस्तै नाङ्गै समाविष्ट गर्यौ तिमीले पनि सम्पूर्ण मलाई आफुमा...
बाँधका मुहान अनि खोला नाला र तालका कुरहरुमा थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु यो युग जसमा बाबुहरुले भोगपछिको जिम्मेदारीसँग बाँच्न थाप्छन् गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान शुक्रकीटहरुलाई नष्ट...
बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा र स्लिभलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी निसासिन्छ गल्लीका काखीका रौंजस्ता झ्वास्सउम्रेका धमिला, दुर्गन्ध घरहरुका माझमा पसलहरुका शो–विण्डोभित्र सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ...
नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिंडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता–घडीको लङ्गुर हल्लिरहेछ उसको पदचापले टवाक्……….टवाक्……….टवाक्……….टवाक्…… निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार...
अनिश्चित भविष्यका आशंकामय पीडा खप्न नसकी ‘थेलोडोमाइड’ खाएकी गर्भिणी रात जन्माऊँछिन् लंगडा, लुला, कुच्चिएका बिहानहरु जब बिउँझन्छु म छिप्पिन आँटेको जाँडको घैंटोजस्तो उत्तेजित टाउको उचालेर अनि हेर्दैछु– ताजा अखबार : चील...
जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको...
टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास न कतै गर्वले उठेको छ न कतै विनम्रताले झुकेको छ न कतै उन्मुक्त मनले खुलेको छ न कतै...
‘भोक लाग्यो’ ठिटोप्रति न गाँसको प्रबन्ध न बासको ठेगाना तैपनि बाँचेकै छ हुर्केकै छ यो मगन्ते ठिटो नयाँ सडकको पेटीमा पेटीजस्तै सधैं असङ्ख्य पाउमुनि कुल्चिएर -------- कसैको वासनाको द्रुतगामी रकेटमा...
कौसीमा उभिएर लज्जानत तिमीले मतिर गुलाफी हतारमा उडाएको दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते दिनभरि मेरा आँखाको आकाशभरि तिम्रो कौमार्यको सेता पखेटा फिंजाएर उडिरहन्छ साँझभरि मेरो हृदयको क्षितिजभरि तिम्रो...
यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरि निभेका विश्वासहरू र ठुटा सपनाहरू सोहोरेर...
जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन् यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्, आधारातमा जब छिमेकीहरुले आपस्तमा जहाँबाट...
१. म एक पुत्र एक पति र एक पिता हुँ २. म एक न्वारान एक विवाह र एक चिता हुँ ३. म एक होटल एक बोतल र एक प्याला हुँ...
बाग्मतीपारि स्याल, र वारि कुकुरहरु कराउँदा सशङि्कत पोथी कुखुराझैं घिच्रो तन्काएर हेर्छन् देवलहरुले वरिपरिका खोरहरुलाई पखेटा झारेर र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ। अज्ञात दुलोबाट निस्केर डस्छ गोमनले काठमाडौंलाई र विष...
हातमा फोहोर लागेका बाँदर सदा र सर्वत्र दुर्गन्धले पीडित हुन्छ सुन्तलाको घारीमा ऊ दुर्गन्धले निसासिन्छ गुलाफ फुलेको देख्ता उसले नाक थुन्छ दूषित हात उचालेर आफ्ना अंगहरुलाई बचाउने चेष्टा गर्छ घृणित...
भोरको उज्यालोमा उसलाई निभाएर सधैं –सधैं म घरबाट निस्कन्छु र दिन–दिनभरि सूर्यसरि यस क्षितिजबाट त्यस क्षितिजमा भट्किरहन्छु मानिसहरुको बीचमा अनि जब रातमा घर फर्कन्छु ऊ त्यहीं त्यसरी नै निभेर झोक्रिएर...
प्रत्येक दिन चोरझैं सुटुक्क आएर मलाई भोरले अलिकति निचोर्छ ब्युँझन्छु म किरणहरूको स्पर्शले देख्छु प्राचिका नियमित रूपमा माझिएका सेतासेता उज्जवल दाँत हुन्छ मनको कुनै कुनामा एक हल्का तर तीक्ष्ण आघात...
आउँछन् जब किरण भोरका झ्यालभित्र ज्वरको रापझैं उठ्छु चूपचाप ओछ्यानबाट घाममा सुकाएको गीलो कपडाको बाफझैं हराउँछु दिन–दिनभरि घरबाहिर रक्सी पिएर बिर्सेको पापझैं रातको साथमा घर फर्कन्छुु नशा उत्रेपछिको पश्चात्तापझैं आह!...
शय्याको भर्खर रिक्त भएको स्थानबाट उठिरहेछ तातो बाफ ठ्वाक…ठ्वाक…ठ्वाक ठक…ठक..ठक्क तल भर्याङ्गमा सुनिन्छ टाढा गइरहेको क्रमशः क्षीण भइरहेको कसैको परिचित तर असन्तुलित पदचाप एकछिनको निम्ति वातावरण बेहोश हुन्छ पुनः सुनिन्छ...
मेरो जीवन लेकझैं बिरानो थियो मेरो दुनियाँ मुर्दा पोल्ने बगरझैं सुनसान थियो र म आफ्नो जीवनको लेकमा चमरी गाईको गोठालोझैं एक्लो थिएँ तर एक–दिन तिमी मेरो जीवनमा भैंचालोझैं अकस्मात् आयौ...
केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन् पुन: हेर्छन् लामो सास फेर्छन् कठैबरा, बिचरा ‘भूपी’ शेरचन!
दूर लाहुरबाट लामो याद र छोटो बिदा बोकेर प्रत्येक वर्ष दशैंमा घर फर्कने लाहुरेझैं ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर खल्तीभरि सोल्टिनीका लागि इन्द्रेनीको हार बोकेर...
जीवनको अँध्यारो सडकमा सफलता साइकलको डाइनेमाबाट बल्ने बत्तीझैं लाग्छ कि जबसम्म गतिको पैडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रूक्छ...
हिंड्दा–हिंड्दै केही सम्झेर बटुवा बाटोमा हाँसेझैँ किसानको हृदय अन्न बनेर खेतको माटोमा हाँसेझैँ तिमी हाँस्ता यस्तो लाग्छ प्रिये! तिमी मेरो साटोमा हाँसेझैँ।
१. जहिले पनि भर्खरकी किशोरीजस्ती साँच्चिकै तिमी हिमालकी छोरीजस्ती कुन्नि के छ तिमीमा, जो अरुमा छैन कि तिमीलाई जति पाए पनि थोरैजस्ती २. एकलास तिम्रो बाटोमा रमाइलो साथ दिन सक्तिनँ...
'मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउन झन् गाह्रो छ । मरेर शहीद हुनेहरू जिएर त हेर, जिउन झन् गाह्रो छ !!'